Saturday , July 20 2019
Home / News / छोराद्वारा धारिलो हतियार प्रयोगगरि बुबाको हत्या

छोराद्वारा धारिलो हतियार प्रयोगगरि बुबाको हत्या

झापा,बिर्तामोड स्थाइ निवासी हाल कर्मथलो हङकङमा लामो समयदेखी बस्दै आउनु भएका प्रेमराज लिम्बू मादेनको आफ्नै निवास मङककमा धारिलो हतियारबाट साङघातिक आक्रमणमा गर्दा बुबाको ज्यान गएको छ।

घटना कसरी ?
आइतबार अपरान्ह ३ :०० बजे तिर प्रेमराज लिम्बूको निवासमा नातेदार आउँदा बाबु छोरा बिच निकै ठुलो विवाद भैरहेको र नातेदारले जेठा छोरा मचिन्द्र लिम्बूलाई झगडा गरिरहको आवस्थाबाट छुट््याएर घर बाहिर लगेको थिए।
घर बाहिर आएपछि मचिन्द्रले आफ्नो केही सामान छुटेको छ लिनु जान्छु भनी घर फर्किएको अवस्थामा बाबुछोरा बिच पुन विवाद हुँदा धारिलो हतियार प्रयोग गरि शक्त घाइते आवस्थामा छाडेर बाहिर निस्केको बताइएको छ।नातेदारहरु आफ्नो काम बिशेषले अन्तै गइसकेको कारण उक्त घटना तुरुन्तै थाह नभएको तर पछि शङ्का लागेर फोन गर्दा फोन रिसिभ नभएपछि प्रेमराज लिम्बूको माइला र कान्छा छोरालाई फोन गरेपछि उक्त घटनाको बारेमा जानकारी प्राप्त भयो।
खबर पाउनसाथ अन्य दुई जना छोराहरुले बुबालाई सम्पर्क गर्दा आफ्नो हालत छोराहरूलाई बताएपछि तुरुन्तै पुलिसलाई खबर गरिएको थियो त्यसपछि पुलिस ,एम्बुलेन्स र अन्य दुई जना छोराहरु संगसंगै बुबाको कोठामा पुगेको बताइएको छ।

कोठा भित्रबाट लक लगाएको कारणले कोठा फोडेर हेर्दा प्रेमराज लिम्बूको शरिरमा धारिलो हतियारले शरिरको विभिन्न ठाउँमा काटिएको रगत बगेको अवस्थामा पाइएको थियो ।

घाइते आवस्थामा भेटिएका प्रमराजलाई तुरुन्तै कङवा हस्पिटलमा लगेर उपचार गर्दागर्दै रातको एक बजे अत्यधिक रगतश्रावका कारण निधन भएको अस्पतालले जानकारी दिएको जनाइको छ।,

पुलिस रिपोर्ट ढिलो हुनुको कारण यस्तो छ
प्रेमराज लिम्बूले आफैले पुलिसलाई फोन गर्नसक्थे तर छोरालाई पुलिसले पक्राउ गरेर लान्छ भनेर मृतकले आफ्नो दर्दलाई खप्न कोशिश गरेका कारण र दुई छोराहरु संग तुरुन्तै सम्पर्क हुन नसककोले पुलिस रिपोट लगभग ३ बजेको घटनाको डेढ घन्टा पछि मात्र गरिएको जनाइएको छ । छोराको मायाको कारण उहाँको निधन भयो। घटना हुनसाथ पुलिसलाई खबर गरेको भए ज्यान नजान सक्थ्यो होला भन्ने आफन्तहरु भनाइ छ ।
झगडाको कारण :-
झगडाका मुख्य कारण पैसाको हुन सक्ने बताइएको छ। अभियुक्त छोराले सधंै पैसा मागेर हैरानी बनाउँथै तैपनि मागेको बेला छोरालाई पैसा दिंदै आएका थिए, तर उक्त दिन बुबाले मागेको पैसा नदिएका कारण घटना घटेको आशंका गरिएको छ ।
अभियुक्त छोरा मचिन्द्रलाई पुलिसले यमाताई बाट पक्राउ गरि हिरासतमा राखिसकेको छ।
अनुसन्धानको क्रममा आरोपित छोराले सांघातिक आक्रमण गरेको स्विकार गरिसकेका छन।
मृतक प्रेमराज लिम्बू एक्लै बस्थे उनको श्रीमती नेपालमा रहेको , उनका तीन छोरा मध्ये दुई भाई अर्कै घरमा बस्थे,मचिन्द्र पनि छुट्टै बस्थे। मृतकका छोरा मचिन्द्रको श्रीमती र एक छोरी नेपालमै रहेको खबर प्राप्त भएको छ।
श्रोत एचके दर्पण

About Subu Shrestha

Check Also

नेपाली युवा जसको मेमोरी पावरले यसरी हल्लायो संसार ! दिमागभित्रै बनाए २५ हजार फोल्डर

अर्पण शर्मा कट्टेल तेज स्मणशक्ति भएका यस्ता युवा हुन्, जो वस्तुहरूको नामको लामो सूची एकचोटि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *